राजनीति

‘सञ्चार क्षेत्र र न्यायपालिकामाथिको धम्की सह्य हुँदैन’

By खबरहब

February 06, 2023

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सञ्चार क्षेत्र र न्यायपालिकामाथिको धम्की र आक्रमण सह्य नहुने बताएका छन्। 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिले संसदमा न्यायालयमाथी गरेको अनावश्यक टिप्पणी र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेले सञ्चार क्षेत्रमाथि लगाएको आरोप र दिएको धम्कीप्रति लक्षित गर्दै कांग्रेस नेता कोइरालाले भने- ‘स्वतन्त्र न्यायपालिका र सञ्चार क्षेत्र लोकतन्त्रका आधार स्तम्भ हुन। यी संस्थामाथि कसैले दिएको धम्की र अनावश्यक टिप्पणी कांग्रेसलाई स्विकार्य हुँदैन ।’

नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनको अन्तरक्रिया तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै डा. कोइरालाले आउँने उपनिर्वाचनमा चितवन क्षेत्र नं-२ मा कांग्रेसले जसरी पनि जित्नुपर्ने बताए। कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य डा. गोविन्दराज पोख्रेलले देशको आर्थिक अवस्था भयावह रहेको बताए।