अन्तर्राष्ट्रिय

वेस्ट बैङ्क शहरमा इजरायली सेनाको आक्रमण, पाँच प्यालेस्टाइनीको मृत्यु

By खबरहब

February 06, 2023

एजेन्सी – वेस्ट बैंकको जेरिको शहरमा इजरायली सेनाले गरेको आक्रमणमा सोमबार बिहान कम्तीमा पाँच प्यालेस्टाइनीको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

इजरायली सञ्चारमाध्यमहरूले बताएअनुसार इजरायली सेनाको विज्ञप्ति जारी गर्दै जेरिको नजिकैको अकबात जबर शरणार्थी शिविरमा गोली हानाहान गर्ने प्यालेस्टिनी लडाकुहरूको सेल पत्ता लगाउन छापा मारिएको थियो।

यसै बीच सोमबार बिहान थुप्रै प्यालेस्टिनी सैन्य समूहहरूले चेतावनी दिदै ूइजरायली कब्जाले मूल्य तिर्नेू र वेस्ट बैंक र जेरुसेलमका प्यालेस्टिनीहरूलाई इजरायली आक्रमणहरूको प्रतिरोध गर्नआह्वान गरेका छन्।

प्यालेस्टिनी प्रत्यक्षदर्शीहरूका अनुसार इजरायली सेनाले इजरायल विरुद्ध आक्रमणमा संलग्न प्यालेस्टिनीहरूलाई पक्राउ गर्न रातभर शरणार्थी शिविरमा आक्रमण गरेको थियो। प्रत्यक्षदर्शीहरूले इजरायली सेनाले करिब सात प्यालेस्टाइनीको हत्या गरेको र १३ जनाभन्दा बढी घाइते भएको बताएका छन्।

उनीहरूले मारिएकाहरू इस्लामिक प्रतिरोध आन्दोलन ९हमास० सशस्त्र विंगका सदस्यहरू रहेको र इजरायली सेनाले उनीहरूको शव समातेर प्यालेस्टिनी पक्षलाई हस्तान्तरण नगरेको आरोप लगाएका छन् ।