अन्तर्राष्ट्रिय

टर्की भूकम्प : मृत्यु हुनेको सङ्ख्या १९ सय नाघ्यो

By खबरहब

February 06, 2023

एजेन्सी – टर्की र सिरियामा सोमबार करिब एक शताब्दी यताकै शक्तिशाली भूकम्पप गएछि त्यसबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ९०० भन्दा बढी पुगेको छ ।

टर्कीको आपतकालीन सेवाहरूले ७।८ म्याग्निच्युडको भूकम्पमा कम्तिमा १,१२१ व्यक्तिको मृत्यु भएको र सिरियामा थप ७८३ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

दुवैतिरको हताहतीको संख्या १,९०४ पुगेको बताइएको छ । थप विवरण सार्वजनिक हुने क्रममा छ ।