अन्तर्राष्ट्रिय

पाकिस्तानमा भइरहेको आतंकवादविरुद्ध हस्ताक्षर अभियान शुरु

By खबरहब

February 06, 2023

काठमाडौं । पाकिस्तानमा जारी आतंकबाद, हत्या हिंसा र अतिवादविरुद्ध नेपालमा हस्ताक्षर अभियान शुरु भएको छ । राष्ट्रिय एकता अभियानले सञ्चालन गरको हस्ताक्षत्रर अभियान काठमाडौंको गौशालाबाट सुरु गरिएको हो । गौशालमा राष्ट्रिय एकता अभियानका केन्द्रीय सदस्य डा‍ प्रभात कुशवाह नेतृत्वमा हस्ताक्षर भइरहेको छ ।

पाकिस्तानमा प्रायोजित आतंकवाद बन्द गर, पाकिस्तानी अल्पसंख्यकको सुरक्षा गर, हिन्दूहरुको हत्या बन्द गर र धार्मिक अतिवाद अन्त्य गर भन्दै हस्ताक्षर अभियान शुरु अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले बताए । उनले भने, ‘पाकिस्तानमा हिन्दू लगायत अल्पसंख्यक समुदायमाथि अतिवादी मुस्लिमहरुले निरन्तर सताउने तथा दुःख दिने गरिरहेका छन् । त्यसैको जानकारी विश्व जगतले पाओस् भनेर अभियानले हस्ताक्षर अभियान शुरु हो ।

पाकिस्तानमा हिन्दूहरु निकै कम संख्यामा मात्र छन् । बेलायती उपनिवेशबाट सन् १९४७ मा भारत पाकिस्तान विभाजन हुँदा पाकिस्तानमा १० प्रतिशत हिन्दूहरु थिए । तर व्यापक धर्मान्तरण र ज्यादतीका कारण अहिले यो मात्रा १ प्रतिशतमा झरेको छ ।