तस्वीर- रोयटर्स

अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय समुदायलाई मद्दत गर्न टर्कीको आह्वान

By खबरहब

February 06, 2023

एजेन्सी :टर्की र सिरियामा सोमबार गएको घातक भूकम्पमा परी १९०० भन्दा बढीको ज्यान गएको छ । भूकम्पबाट व्यापक जनधनको क्षति भएपछि विश्वका नेताहरूले शोक व्यक्त गर्दै सहयोगका लागि अग्रसर भएका छन् । यसै बीच टर्कीले राहत र उद्धारकार्यमा सहयोग गर्न विश्वसमुदाय सँग आग्रह गरेको छ ।

टर्कीले स्तर ४ अलार्म जारी गर्दै सहयोगका लागि अन्तरराष्ट्रिय समुदायसँग आग्रह गरेको छ । टर्कीको प्रकोप र आपतकालीन व्यवस्थापन एजेन्सीले ७.८ म्याग्निच्युडको भूकम्पले तहसनहस पारेपछि तत्काल राहत र सहायता परिचालन गर्न अन्तरराष्ट्रिय समुदायलाई आह्वान गरेको हो ।