समाचार

महतारा र जुनिचाँदेको ‘स्लेट ढुङ्गा’को माग बढ्यो

By खबरहब

March 06, 2023

जाजरकोट– भेरी नगरपालिका महतारा गाउँ, जुनीचाँदे गाउँपालिकाको ‘स्लेट ढुङ्गा’को ठूला सहरमा माग बढेको छ । यहाँ प्रशोधन भएका  स्लेटको भेरी-१० भुरचौरस्थित जाजरकोट ढुङ्गा सप्लायर्स एण्ड कटिङ सेन्टरमार्फत प्रशोधन भएर अन्यत्र जाने गर्दछ । 

यहाँ प्रशोधन भएका स्लेटको रङ परिवर्तन नहुने, प्राकृतिक र आकर्षक देखिने भएकाले घर निर्माणमा प्रयोग हुने जनाइएको छ । पछिल्लो समय यहाँका स्लेट विदेशबाट आयातित मार्बल तथा टायलको विकल्प बन्दै गएको जनाइएको छ । विगतमा ढुङ्गा-माटोले बनेका घरमा छानो छाइने ढुङ्गा अहिले सहरमा निर्माण हुने आधुनिक घरमा सजावटका लागि टाँस्ने, बिछ्याउनेछ कामदेखि मठमन्दिर, सत्तल र पदमार्गमा पनि अत्यधिक प्रयोग हुन थालेको छन् ।

सो स्लेट सबैभन्दा बढी नेपालगन्ज  र सुर्खेतमा खपत हुने गरेको छ भने पछिल्लो समय पोखरा, काठमाडौँ, चितवन, बुटवल, दाङ, विराटनगर, नेपालगञ्जलगायतका  सहरबाट  बिक्री हुने जनाइएको छ ।  स्लेटको माग अत्यधिक भएकाले माग धान्नै मुस्किल भएको सञ्चालक महेन्द्र शाहीले बताए । उनले वार्षिक २५ ट्रक बिक्रीका लागि पठाउने गरेको  र विद्युत्को केन्द्रीय लाइन पुगेकाले काम गर्न सहज भएको बताए ।