राजनीति

प्रधानमन्त्री प्रचण्ड र एसियन एथलेट्स् एशोसिएसनका अध्यक्षबीच भेट

By खबरहब

March 06, 2023

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेको एसियन एथलेट्स् एशोसिएसनका अध्यक्ष एवं वल्र्ड एथलेट्स्का सदस्य डह्लान अल–हमदले शिष्टाचार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा आज भएको भेटवार्तामा खेलकुद तथा समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।