फाइल तस्वीर

राजनीति

राष्ट्रपति निर्वाचनका विषयमा एमाले सांसदलाई प्रशिक्षण

By खबरहब

March 06, 2023

काठमाडौं– नेकपा एमालेले राष्ट्रपति पदको निर्वाचनका विषयमा आफ्ना सांसदलाई प्रशिक्षण दिएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा एमालेले आफ्ना सांसदहरूलाई प्रशिक्षण दिएको हो । 

२५ फागुनमा राष्ट्रपति पदको निर्वाचन हुँदै छ । एमालेका सुवास नेम्वाङ र कांग्रेसका रामचन्द्र पौडेल उम्मेदवार छन् । सो निर्वाचनको सोमबार मध्यराति १२ बजेदेखि मौनअवधि सुरु हुँदै छ । 

मौन अवधि सुरु हुनु केही घण्टा अगाडि एमालेले आफ्ना संघीय र प्रदेश सांसदलाई राष्ट्रपति निर्वाचनबारे प्रशिक्षण दिएको हो । राष्ट्रपतिको निर्वाचनमा संघीय र प्रादेशिक सांसद मतदाता रहनेछन् ।