बलिउड/हलिउड

सुटिङका क्रममा बलिउड अभिनेता बच्चन घाइते

By खबरहब

March 06, 2023

मुम्बई– फिल्मी सुटिङका क्रममा बलिउड अभिनेता अमिताभ बच्चन घाइते भएका छन् । हैदरावादमा भएको सुटिङको क्रममा आफू घाइते भएको उनले आफ्नो ब्लगमार्फत जानकारी दिएका छन् । 

एक्सन सिनको सुटिङका क्रममा करङमा चोट लागेपछि उनको हैदरावादमा स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षणपछि उनलाई डिस्चार्ज गरिएको र हाल मुम्बईस्थित आफ्नो घरमा आराम गरिरहेका छन् । उनी प्रभासको फिल्म ‘प्रोजेक्ट ए’ को सुटिङमा थिए ।  

आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै अमिताभले मांसपेशी फुटेको, हिँड्डुल गर्न र श्वास फेर्न पनि समस्या भइरहेको बताएका छन् । सुटिङ रद्द गरिएको जानकारी दिएका उनले औषधि सेवन गरिरहेको र निको हुन केही समय लाग्ने बताएका छन् ।