अपराध

बालुवामुनि गाडेर राखेको ६० केजी गाजा बरामद

By खबरहब

March 06, 2023

सप्तरी– सप्तरी प्रहरीले बालुवामुनि गाडेर लुकाएर राखेको ६० केजी गाँजा बरामद गरेको छ । 

कञ्चनरूप प्रहरी टोलीले हनुमाननगर कंकालिनी नगरपालिका १ कोशी ब्यारेजभन्दा दक्षिण कोशी बाँधको २ सय मिटर तल  बालुवामुनि अवैध रुपमा गाडेर राखेको अवस्थामा गाजा बरामद भएको सप्तरीका एसपी नरेन्द्र कुमार कार्कीले जानकारी दिएका छन् ।

 घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।