ब्रेकिङ स्टोरी

राष्ट्रपति निर्वाचन : भोट माग्न राप्रपाको कार्यालयमा पौडेल 

By खबरहब

March 06, 2023

काठमाडौं– राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले राप्रपासँग भोट मागेका छन् । सोमबार राप्रपाको पार्टी कार्यालय धुम्बाराहीमा पुगेर पौडेलले अध्यक्ष लिङ्देनसहितका राप्रपा नेताहरूसँग भोट मागेका हुन् ।

जवाफमा अध्यक्ष लिङ्देनले संस्थागत निर्णय हुने जवाफ दिएका छन् । संस्थागत रुपमा राजतन्त्रको पक्षमा उभिदै आएको राप्रपा राष्ट्रपति चुनावमा मतदान गर्ने कि नगर्ने निर्णय गरेको छैन ।

पार्टीभित्र मतदानमा भाग लिनुपर्ने र लिन हुने दुवै मत भएका कारण फागुन २४ गते मात्रै निर्णय लिने राप्रपाले जनाएको छ । राष्ट्रपति चुनावमा राप्रपासँग २४५० मतभार छ ।