राजनीति

मोहन वैद्यको पार्टी र नेकपा बहुमतबीचको एकता आज

By खबरहब

April 06, 2023

काठमाडौँ – दुई वटा साना कम्युनिस्ट पार्टीबीच आज एकता हुँदै छ ।

मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र धमेन्द्र बास्तोला संयोजक रहेको नेपाल कम्युनिस्ट पार्टी(बहुमत) बीच एकता हुने भएको हो ।

नेत्रविक्रम चन्द्र नेतृत्वको नेकपा परित्याग गरी बास्तोलाले नेकपा बहुमत घोषणा गरेर अलग्गै राजनीतिक गतिविधि गर्दै आएका थिए ।

नेकपा बहुमतका नेता वास्तोलाका अनुसार इच्छुक प्रतिष्ठान घट्टेकुलोमा आज दुई पार्टीबीचमा एकीकरण घोषणा सभा हुँदै छ ।