ब्रेकिङ स्टोरी

सरकारको न्यूनतम साझा कार्यक्रम बेलुकी ५ बजे सार्वजनिक गर्ने गठबन्धनको निर्णय

By खबरहब

April 06, 2023

काठमाडौँ– सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम आज बेलुका ५ बजे सार्वजनिक गर्ने निर्णय गरेको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आज बिहान बसेको गठबन्धन बैठकले बेलुका ५ बजे सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले जानकारी दिएका छन्।

उनका अनुसार बैठकमा सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रमबारेमा सैद्धान्तिक र नीतिगत विषयमा सहमति जुटेको छ । यद्यपि, केही सुझाव भए बेलुका ५ बजेसम्म दिन भनिएको उनले बताए ।

गठबन्धनले गठन गरेको कार्यदलले तयार पारेको सरकारको न्यूनतम साझा कार्यक्रमलाई अनुमोदन गर्न बैठक बसेको थियो ।

सरकारको न्यूनतम साझा कार्यक्रम तयार पार्न कांग्रेस कांग्रेसका रमेश लेखक, माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, जसपाका राजेन्द्र श्रेष्ठ र एकीकृत समाजवादीका विजय पौडेल सम्मिलित कार्यदलले बनाइएको थियो ।