राजनीति

वार्षिक बजेट कार्यान्वयन गर्न क्यालेन्डर बनाउन प्रस्ताव

By खबरहब

April 06, 2023

काठमाडौं– प्रतिनिधिसभामा वार्षिक बजेट कार्यान्वयन गर्न क्यालेन्डर बनाउन प्रस्ताव गरिएको छ । 

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रका सांसद माधव सापकोटा सुवोधले वार्षिक बजेट कार्यान्वयन गर्न क्यालेन्डर बनाउनुपर्ने मौखिक प्रस्ताव गरेका हुन् । 

यसले आर्थिक वर्षको अन्तिम समयमा बजेट खर्च हुने प्रवृत्तिको अन्त्य हुने उनको भनाइ छ ।

समयभित्र बजेट कार्यान्वयन भएमा विकासका कार्यले गति लिने भन्दै उनले यसका लागि वार्षिक बजेट क्यालेन्डर बनाएर लागू गर्नुपर्नेमा जोड दिए ।