क्रिकेट

राजस्थानलाई ९ विकेटले हराउँदै गुजरात आईपीएलको शीर्ष स्थानमा

By खबरहब

May 06, 2023

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सलाई ९ विकेटले हराउँदै गुजरात टाइटन्स तालिकाको शीर्ष स्थानमा पुगेको छ ।

गएरातिको खेलमा राजस्थानले दिएको १ सय १९ रनको लक्ष्य गुजरातले १३ ओभर ५ बलमा १ विकेटको क्षतिमा भेट्टाएको हो । १० खेलमा सात जित र तीन हारसहित गुजरातले १४ अंक बनाएको छ ।

१० खेलमा ५ मा जित र ५ मा हार चाखेको राजस्थान भने १० अङ्कसहित तालिकाको चौथो स्थानमा छ । आईपीएलमा आज दुई खेल हुँदैछन् । चेन्नई सुपर किङ्स र मुम्मई इन्डियन्स दिउँसो पौने ४ बजे चेन्नईमा खेल्नेछन् ।

दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैङ्लोरबीच राति पौने ८ बजे दोस्रो खेल हुँदैछ ।