अन्य

पोखरामा हिमालयन एक्स्ट्रिम ट्रायथलन सुरु हुँदै

By खबरहब

May 06, 2023

काठमाडौँ- पोखरामा शनिबारबाट हिमालयन एक्स्ट्रिम ट्रायथलन सुरु हुँदैछ ।

दोस्रो संस्करणको ट्रायथलनमा २२ देशका ३६ खेलाडीले सहभागिता जनाउँदै छन् ।

हिमालयन एक्स्ट्राई नेपालको आयोजना तथा नेपाल ट्रायथलन संघको प्राविधिक सहयोगमा प्रतियोगिता सुरु भएको हो ।

हिमालयन एक्स्ट्राई निर्देशक रिक्की योन्जनका अनुसार प्रतियोगितामा अमेरिका, रुस, अस्ट्रेलिया, नेदरल्याण्ड्स, बेलायत, ग्रिस, चेक रिपब्लिक, भारतलगायत मुलुकका ५ महिलासहित ३१ जना पुरुष खेलाडीले सहभागिता जनाउने छन् ।

आयोजकका अनुसार शनिबार फेवातालमा पौडीबाट प्रतियोगिता सुरु हुनेछ । प्रतियोगिता पुरा गर्न करिब १८ देखि २२ घण्टा लाग्नसक्ने आयोजकको अनुमान छ । प्रतियोगितामा करिब १ करोड रुपैयाँ खर्च हुने अनुमान छ ।