प्रतिकात्मक तस्वीर

प्रवास

आज राति डिभीको रिजल्ट आउँदै

By खबरहब

May 06, 2023

काठमाडौँ- अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी) को रिजल्ट आज राति आउँदै छ ।

अमेरिकी प्रशासनका अनुसार मे ६ अर्थात आज राति ९ः४५ मा रिजल्ट सार्वजनिक हुन लागेको हो ।

यसअघि डिभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरका आधारमा अमेरिका जाने चिट्ठा परेको थाहा हुनेछ ।

डिभीका लागि छनोटमा परे/नपरेको थाहा पाउनका सबन्धित वेभसाइटमा गएर आफ्नो कन्फर्मेसन नम्बर राख्नुपर्नेछ । त्यसैका आधारमा डिभी परे/नपरेको थाहा हुन्छ ।