फाइल तस्वीर

समाचार

कञ्चनपुरमा सशस्त्रको बीओपी प्रमुखमाथि खुकुरी प्रहार

By खबरहब

May 06, 2023

कञ्चनपुर- कञ्चनपुरमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) का प्रमुखमाथि खुकुरी प्रहार भएको छ ।

दोधारा चाँदनी नगरपालिका–७ कञ्चन भोजमा बीओपीका प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र चैंसिरमाथि खुकुरी प्रहार भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता प्रकाश डाँगीका अनुसार शुक्रबार राती १० बजेको समयमा बीओपी प्रमुखथि खुकुरी प्रहार भएको हो । खुकुरी प्रहारबाट उनको बायाँ पाखुरामा चोट लागेको छ ।

खुकरी प्रहार गरी फरार रहेकाहरुको अहिले खोजी कार्य भइरहेको छ ।