सांकेतिक तस्बिर

प्रवास

अमेरिकामा ट्रकको ठक्करबाट नेपाली महिलाको मृत्यु

By खबरहब

May 06, 2023

काठमाडौँ- अमेरिकाको टेक्सास राज्यमा ट्रकको ठक्करमा परी एक नेपाली महिलाको मृत्यु भएको छ ।

रक्डेल सिटीनजिकै बिहीबार साँझ ट्रकले ठक्कर दिँदा प्रमिला सुवेदीको निधन भएको हो । उनी एनआरएन आइसीसीको अमेरिकाका क्षेत्रीय उपसंयोजक रामकुमार सुवेदीकी धर्मपत्नीसमेत हुन् ।

रक्डेल सिटीनजिकै छोरालाई विश्वविद्यालय पुर्‍याएर फर्किने क्रममा प्रमिला आफैँले चलाएको कारलाई बिहीबार साँझ ट्रकले ठक्कर दिएको थियो ।

दुई दशकदेखि सुवेदी दम्पति अमेरिकाको टेक्सासमा बस्दै आएका थिए । उनीहरुको दुई छोरा छन् ।