फाइल फोटो

राजनीति

अभियुक्त बचाउन लागेको भनेर हल्ला फैलाइयो : ओली

By खबरहब

May 06, 2023

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्त बचाउन खोजेको भन्दै आफूविरुद्ध हल्ला फैलाइएको बताएका छन् ।

सिंहदरवारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग १ घण्टा छलफल गरेका अध्यक्ष ओलीले नक्कली शरणार्थीबारे कुरा नभएको बताएपनि के विषयमा छलफल भयो भन्नेबारे बताउन चाहेनन् । उनले सञ्चारकर्मीको प्रश्नमा अभियुक्तलाई बचाउन खोजेको भन्दै आफ्ना विरुद्ध हल्ला फैलाइएको टिप्पणी गरे । 

शरणार्थी प्रकरणमा मुछिएका एमाले सचिव टोपबहादुर रायमाझी फरार रहेकोबारे अर्को प्रश्नमा ओलीले रायमाझी आफ्नो सम्पर्कमा नरहेको पनि प्रष्ट पारेका छन् ।