ब्रेकिङ स्टोरी

सत्ता गठबन्धनको निष्कर्ष : प्रधानमन्त्रीले विश्वासको मत लिनुनपर्ने

By खबरहब

May 06, 2023

काठमाडौँ – सत्ता गठबन्धनको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाला ‘प्रचण्ड’ ले विश्वासको मत लिनुनपर्ने निष्कर्ष निकालेको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकमा प्रधानमन्त्री प्रचण्डले फेरि विश्वासको मत लिनुनपर्ने निष्कर्ष निकाले हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भने ‘सत्ता गठबन्धनको बैठकले भोलिदेखि चल्ने संघीय संसदको बैठक व्यवस्थित रुपमा कसरी अघि बढाउने भन्नेबारेमा कुराकानी भयो ।अहिले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छैन।’

यसअघि प्रधानमन्त्रीले विश्वासको मत लिँदा रास्वपाले विश्वासको मत दिएको तर सरकारमा सहभागी नभएकाले पुनः विश्वासको मत लिनुनपर्ने बैठकमा नेताहरुले जोड दिएको उनले बताए ।

शनिबारको बैठकमा भोलिबाट चल्ने संसद बैठकमा व्यवस्थित रूपमा प्रस्तुत हुने विषयमा छलफल भएको जनाइएको छ।