ब्रेकिङ स्टोरी

कोशी प्रदेशमा माओवादीका २ मन्त्रीद्वारा राजीनामा

By खबरहब

June 06, 2023

काठमाडौँ– कोशी प्रदेश सरकारमा माओवादीका तर्फबाट मन्त्री बनेका दुई जनाले राजीनामा दिएका छन्। 

भौतिक पूर्वाधार विकास मन्त्री दुर्गाप्रसाद चापागाईं र पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले पदबाट राजीनामा दिएका हुन्।

मंगलबार माओवादीको प्रदेश समितिले सरकारबाट बाहिरिने निर्णय गरेपछि उनीहरूले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएका हुन् ।