अन्तर्राष्ट्रिय

युक्रेनमा काखोभका बाँध नष्ट

By खबरहब

June 06, 2023

एजेन्सी – काखोभका जलविद्युत बाँध पटकपटकको आक्रमणबाट आंशिक नष्ट भएको छ । दक्षिणी युक्रेनमा मस्को–स्थापित अधिकारीहरूले मङ्गलबार यस बारे सार्चजनिक टिप्पणी गरेका हुन् ।

नोभा काखोभका शहरको मस्को–समर्थित प्रशासनका प्रमुख भ्लादिमिर लियोन्टिएभले रातभरि ‘काखोभका बाँधलाई लक्षित गरी थुप्रे आक्रमण’ भएको र बाँधको गेट भल्भहरू ध्वस्त पारिएको छ त्यसबाट पानीको अनियन्त्रित प्रवाह भइरहेको छ ।