ब्रेकिङ स्टोरी

कोशीको मुख्यमन्त्रीमा कांग्रेसका प्रदेश संसदीय दलका नेता थापाको दाबी पेश

By खबरहब

July 06, 2023

काठमाडौँ- कोशी प्रदेशका मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापाले आज दाबी पेश गरेका छन् । उनले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष आज अपराह्न ४ः५२ को समयमा सो दाबी पेश गरेका हुन् ।

थापाका लागि नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १२, नेकपा एकीकृत समाजवादीका चार, जनता समाजवादी पार्टी जसपाका एक तथा सभामुख बाबुराम गौतमको पनि समर्थन रहने गरी दाबी पेश भएको बताइएको छ ।