ब्रेकिङ स्टोरी

कांग्रेसका उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

By खबरहब

July 06, 2023

काठमाडौँ- नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् ।

सत्ता गठबन्धनका दलहरू नेपाली कांग्रेसका २९, सभामुखसहित नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका एक जना सांसदको समर्थनमा कांग्रेस नेता थापा मुख्यमन्त्री बनेका हुन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङले थापालाई संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

झापा अर्जुनधारा नगरपालिकाको शनिश्चरेका बासिन्दा थापा २०७९ मंसिरको प्रदेश सभा निर्वाचनमा समानुपातिक सूचीबाट सांसद बनेका थिए । उनी अहिले नेपाली कांग्रेसको कोशी प्रदेश सभापतिसमेत हुन् ।