राजनीति

सुशासनको कुरा उठाउँदा पार्टी नेतृत्वमाथि प्रहार : प्रधानमन्त्री प्रचण्ड

By खबरहब

August 06, 2023

काठमाडौं– प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुशासनको कुरा उठाएपछि पार्टी नेतृत्वमाथि प्रहार हुन थालेको बताएका छन्।

कमलादीमा आइतबार पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले उनले सुशासन र समृद्धिको कुरा उठाएपछि पार्टी नेतृत्वविरुद्ध मुद्दा चलाइएको बताएका हुन् ।

 यसैबीच उनले भ्रष्टाचारविरुद्धको अभियान नयाँ क्रान्तिको सुरुवात भएको बताएका छन्। सरकारले थालेको भ्रष्टाचार विरोधी अभियान सम्पूर्ण भूमाफियाविरूद्धको चुनौती भएको उनको भनाइ छ।

अध्यक्ष प्रचण्डले भ्रष्टाचारविरुद्ध खुलेका सबै फाइल एउटा निचोडमा नपुगेसम्म बन्द नहुने बताए। अहिले माओवादीको नेतृत्वमा सरकार भएपछि आफूहरूमाथि ठूलो प्रहार भएको उनले बताएका छन् ।