मानिसहरूले आफ्नो पसल छिर्ने गेटमा वा ढोकामाथि कागती र खुर्सानीको माला झुन्ड्याउने गर्छन् । तर किन झुन्ड्याइन्छ त ? यसको कारण के होला ? हामी जो कोहीको मनमा उठ्ने प्रश्न हो तर हामी यसको कारण धेरैलाई थाहा नहुन सक्छ ।
कतिपयले यसलाई व्यापार व्यवसाय बढाउन र बाहिरी नकारात्मक ऊर्जा पसलमा नआओस् भनेर राख्ने गरेको पनि बताउँछन् । तपाईँले पनि अधिकांश पसलमा तथा सवारी साधनको अगाडि कागती र खुर्सानीको माला झुन्डाएको देख्नु भएको होला । आखिर किन राखिन्छ त पसल अगाडि कागती र खुर्सानी ? आज हामी यसैका विषयमा बताउने छौँ ।
वास्तु दोष हटाउनका लागि कागती र खुर्सानी घरमा वा पसलमा लगाउने गरिन्छ । कसैको घरमा वा वरिपरि कागतीको रूख छ भने त्यहाँको वातावरण स्वच्छ र सकारात्मक ऊर्जायुक्त हुन्छ । त्यस कारण कागतीमा धागो उन्दा कागतीबाट निस्किएको रसबाट लामो समयसम्म सुगन्ध निस्कने भएकोले वातावरणमा प्रभाव पार्ने गर्दछ ।
वा कागतीको अमिलोले हावालाई सफा बनाउँछ । कागतीको वासनाले मानिसको भावनालाई स्वच्छ राख्न मद्दत गर्छ यसका साथै घर वरिपरि भएका हानिकारक किराहरूलाई पनि भगाउन निकै महत्त्वपूर्ण भूमिका खेल्छ ।
कागतीले हाम्रो मूड फ्रेश गराउँछ । खुर्सानीको रागले प्राकृतिक रूपमा वायुलाई स्वच्छ बनाउँछ । कागती र खुर्सानीले प्राकृतिक रूपमा वायुलाई स्वच्छ बनाउँछन् । एउटा कागती र सात वटा खुर्सानीलाई धागोमा उनेर आफ्नो ढोकामा झुन्ड्याउनु पर्दछ र प्रत्येक हप्ता परिवर्तन गर्नुपर्दछ । यसो गर्दा आफ्नो छर तथा पसलमा भविष्यमा हुन सक्ने दुर्घटना तथा क्षतिलाई टार्न सकिने विश्वास राखिन्छ ।
कुनै पनि व्यवसाय वा मेसिनरी सामाग्रीको प्रयोगमा जोखिम बहन गर्नुपर्ने हुन्छ । यसरी कागती र खुर्सानीको माला लगाउनुमा वास्तु दोष हटाउन सकिने मान्यता रहँदै आएको छ ।