सांकेतिक तस्बिर

देश/प्रदेश

सिराहामा भारतीय नागरिकको शव फेला

By खबरहब

September 06, 2023

सिरहा- सिरहाको दक्षिणी सीमावर्ती बजार माडरको बसपार्कमा एक भारतीय नागरिकको शव फेला परेको छ ।

सिरहा नगरपालिका–१७ मा रहेको माडर बसपार्कमा भारत बिहार राज्यको बेगुसराय जिल्ला तेगरा–११ घर भएका करिब ३५ वर्षीय मो‍ अकबरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको हो ।

बुधबार दिउँसो बसपार्कमा फेला परेको शवसँगै भेटिएको भारतीय आधारकार्डको आधारमा उनको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी रवीन्द्रराज पाण्डेले जानकारी दिए । घटनास्थलको मुचुल्कासहित कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमको लागि शव प्रादेशिक अस्पताल सिरहामा राखिएको उनले बताए ।