देश/प्रदेश

सेनाको ट्रकले ठक्कर दिँदा स्कुटर चालक महिलाको मृत्यु

By खबरहब

October 06, 2023

काठमाडौँ- नेपाली सेनाको ट्रकले ठक्कर दिँदा स्कुटर चालक महिलाको मृत्यु भएको छ । भद्रकालीनजिकै सभागृह मोडमा नेपाली सेनाको ट्रकले ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको हो ।

बिहीबार राति साढे ७ बजे काठमाडौं महानगरपालिका–२८ स्थित भद्रकालीनजिकै सभागृह मोडमा सेनाको प्र–३–०१–००१ ग ३७०५ नम्बरको ट्रकले दिँदा एक महिलाको मृत्यु भएको हो ।

सेनाका हुद्दा महोमद नुरेन देवानले चलाएको ट्रकले बा प्र –०२ –०१८ प ९२७७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा ताहाचल बस्ने ३२ वर्षीया आकृति शर्माको मृत्यु भएको हो ।

ठक्करबाट घाइते भएपछि उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएकामा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । बिहीबार राति ट्रकले ठक्कर दिएको थियो भने उनको मृत्यु पनि बिहीबार राति नै उपचारका क्रममा भएको हो ।