साङ्केतिक तस्बिर

ब्रेकिङ स्टोरी

जाजरकोटमा ५.८ म्याग्नेच्युटको पराकम्प

By खबरहब

November 06, 2023

काठमाडौं – जाजरकोटमा फेरि ५.८ रेक्टर स्केलको पराकम्प गएको छ । सोमबार दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ५.८ म्याग्नेच्युटको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि शुक्रबार राति रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरको भूकम्प गएको थियो । शुक्रबार रातिको भूकम्पमा परेकाहरुको उद्धार चलिरहेको बेला जाजरकोटमा पराकम्प गइरहेको छ ।