फाइल फोटो

समाचार

धनगढीबाट १३ जना जुवाडे पक्राउ

By खबरहब

November 06, 2023

कैलाली – धनगढी उपमहानगरपालिका–३ ब्लु स्टार होटलमा जुवातास खेलिरहेको अवस्थामा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१ घर भएका ३५ वर्षीय हेमराज अवस्थीसमेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार ६ सय ५६ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका– १० भृकुटिनगर बस्ने निर्मल थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३० वर्षीय आकाश सिंह ठकुरी समेत १० जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६४ हजार ९ सय रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।