जीवनशैली

कुबेरको पूजा गर्नाले के के प्राप्ति हुन्छ ?

By खबरहब

December 06, 2023

मानव जीवनमा धन सम्पत्तिले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । हरेक व्यक्तिको चाहना धन आर्जन गर्ने र सहज जीवन यापन गर्ने रहन्छ ।

आफ्नो मनोकामना पुरा गर्न मानिसहरू हरेक उपायहरू अपनाउँछन् । वास्तुशास्त्रले पनि आर्थिक अभावलाई व्याख्या गरेको छ ।

वास्तु शास्त्रका अनुसार कुबेर देवको मूर्ति घरमा राख्नु निकै शुभ मानिन्छ । यसो गरेमा आर्थिक सङ्कट कम हुन्छ भनिएको छ ।

घरमा कुबेरको मूर्ति राख्दा उक्त घरका सदस्यले आर्थिक सामना गर्नु पर्दैन भन्ने धार्मिक मान्यता पनि रहेको छ ।

वास्तु शास्त्र अनुसार उत्तर दिशा कुवेरका लागि शुभ मानिएकाले सोही दिशामा कुबेरको मूर्ति राख्दा घरमा धन, सम्पत्ति, सुख, शान्ति र समृद्धि आगमन हुन्छ । यही मान्यताका साथ घरमा कुबेरको मूर्ति राखी पूजा आराधना गर्नु राम्रो मानिन्छ ।