औषधी/उपचार

जाडोमा बाथको जोखिम किन हुन्छ ?

By खबरहब

December 06, 2023

अहिले चिसो मौसम चलिरहेको छ । यो मौसममा बाथरोग भएका बिरामीमा जोर्नीको पीडा अरुबेला भन्दा बढी हुन्छ । मासु तथा जोर्नी र तन्तुको दुखाइलाई बाथ रोग भनिन्छ । यो दीर्घ रोग हो । लगातार ६ हप्ता भन्दा बढी समयसम्म जोर्नी दुख्यो भने बाथरोग भएको मानिन्छ । बाथरोग लागेपछि जोर्नी, घुँडा मात्रै दुख्ने होइन । यसको असर छाला शरीरका अन्य अंग छाती, आँखा मुटुमा पनि हुने गर्दछ । बाथ रोग के हो ? यो के कारणले लाग्ने गर्दछ ? चिसो मौसममा किन यसले सताउँछ ? यसको उपचार विधि के हो ? यी र यस्तै विषयमा हाडजोर्नी विशेषज्ञ डा. प्रफुल्ल श्रेष्ठसँग पवन मुडभरीले गरेको कुराकानीको सम्पादित अंशः

मासु तथा जोर्नी र तन्तुको दुखाइलाई बाथ रोग भनिन्छ । यो धेरै किसिमको हुन्छ । बाथ रोगमध्ये युरिक एसिड पनि एउटा समस्या हो ।

बाथ रोग भनेको के हो ? मासु तथा जोर्नी र तन्तुको दुखाइलाई बाथ रोग भनिन्छ । यो धेरै किसिमको हुन्छ । बाथ रोगमध्ये युरिक एसिड पनि एउटा समस्या हो ।

जाडोमा बाथ रोगको जोखिम कति हुन्छ ? जाडोमा जोर्नीको दुखाई अन्य मौसममा भन्दा बढी हुन्छ । जाडो मौसममा बाथ रोगका बिरामी पनि धेरै नै आउने गरेका छन् ।

जोर्नी चिसोले दुखेको र बाथ रोगले दुखेको कसरी थाहा पाउने ? यो लामो समयसम्म लाग्ने दीर्घ रोग हो । एक दुई पटक जोर्नी, घुँडा दुख्दैमा बाथ रोग नै भएको भन्न मिल्दैन । कम्तिमा ६ हप्ता भन्दा बढी जोर्नी निरन्तर दुख्यो भने मात्रै बाथरोग भएको मानिन्छ । बाथरोग हुँदा जोर्नी दुख्नेसँगसँगै घुँडा सुन्निने, छाला, आँखा र मुटुमा समस्या देखिने गर्दछ ।

बाथ रोग के कारणले हुने गर्दछ ? यही कारणले बाथ हुन्छ भन्ने छैन । तर धेरैजसोमा वंशाणुगत कारणले हुने गरेको छ । कसैकसैलाई चाहिँ भाइरल इन्फेक्सनका कारण पनि भएको पाइएको छ ।

एक दुई पटक जोर्नी, घुँडा दुख्दैमा बाथ रोग नै भएको भन्न मिल्दैन । कम्तिमा ६ हप्ता भन्दा बढी जोर्नी निरन्तर दुख्यो भने मात्रै बाथरोग भएको मानिन्छ । बाथरोग हुँदा जोर्नी दुख्नेसँगसँगै घुँडा सुन्निने, छाला, आँखा र मुटुमा समस्या देखिने गर्दछ ।

बाथ कुन उमेरमा लाग्ने गर्दछ ? यो कुन बाथ हो भन्नेमा भरपर्छ । रिमाइटर अर्थटाइजर भन्ने बाथ वयस्कमा त्यो पनि धेरैजसो महिलामा देखिने गर्दछ। अर्को आइकालोजिष्ट अर्थटाइजर बाथ हुन्छ । जसमा ढाड, जोर्नी दुख्छ । त्यो बाथ युवा अवस्थाका पुरुषमा देखने गर्छ । युरिक एसिडका कारण हुने बाथ भने अली पाको उमेरका पुरुषमा देखा पर्छ ।

यसको रोकथाम कसरी गर्ने ? यो यौटा वंशाणुगत कारण हुने भएकाले रोकथाम गर्न सकिने कुरा हुँदैन । तर चिसोबाट बच्ने, युरिक एसिड हुने खालका खानेकुरा नखाएमा यसबाट बच्न सकिन्छ । जस्तै रातो मासु, गेडागुडी, तामा, च्याउ, मादक पदार्थबाट टाढा रहने हो भने यसलाई नियन्त्रण गर्न सकिन्छ ।

नेपालमा बाथ रोगीको अवस्था कस्तो छ ? नेपालमा सबैभन्दा बढी देखिने युरिक एसिड र रिमाइटर अर्थटाइजर खालको बाथ रोग हो । जुन युवा अवस्थाका पुरुषमा बढी देखिने गर्दछ ।

यसमा घरेलु उपचार के हुनसक्छ ? अहिले चिसो मौसम चलिरहेको छ । यो मौसममा बाथ रोग बढी देखिने गर्दछन् । सर्वप्रथम त चिसोबाट जोगिने, जोर्नीहरु दुखेमा तातोले सेक्ने, प्रर्याप्त मात्रामा आराम गर्ने गरेमा बाथलाई कम गर्न सकिन्छ ।

कुन अवस्थामा अस्पताल जानुपर्छ ? लामो समयदेखि जोर्नी, घुँडाहरु दुखिरहेको छ भने ढिलो नगरी अस्पताल जानुपर्छ । रगत जाँच गरिसकेपछि रोग पत्ता लाग्छ । यो दीर्घरोग भएकाले लामो समयसम्म नियमित चेकजाँच गर्नुपर्ने हुन्छ ।

अहिले चिसो मौसम चलिरहेको छ । यो मौसममा बाथ रोग बढी देखिने गर्दछन् । सर्वप्रथम त चिसोबाट जोगिने, जोर्नीहरु दुखेमा तातोले सेक्ने, प्रर्याप्त मात्रामा आराम गर्ने गरेमा बाथलाई कम गर्न सकिन्छ ।

बाथ रोगसम्बन्धी आम मानिसले बुझ्नैपर्ने कुरा के हो ? बाथरोग लागेपछि जोर्नी, घुँडा मात्रै दुख्ने होइन यसको असर छालामा शरीरका अन्य अंग छाती, आँखा मुटुमा पनि हुने गर्दछ । त्यसैले जोर्नी, घुँडाको पीडासँगसँगै आँखा रातो हुने, छालामा इन्फेक्सन हुने जस्ता लक्षण देखिने हुन्छ । समस्या देखिने बित्तिकै बाथरोग सम्बन्धी या हाडजोर्नीको चिकित्सकलाई भेटेर रोग पत्ता लगाएर उपचार गर्नुपर्छ ।

हाडजोर्नी विशेषज्ञ डा. प्रफुल्ल श्रेष्ठसँगको कुराकानी :