समाचार

एमाले पदयात्रा आज बागलुङ पुग्ने

By खबरहब

December 06, 2023

काठमाडौँ– नेकपा (एमाले)ले बैतडीबाट सुरु गरेको ‘झुलाघाट–चिवा भञ्जयाङ (पाँचथर)’ बाट सुरु गरेको ‘समृद्धिका लागि सङ्कल्पयात्रा’ आज बागलुङ पुग्ने भएको छ ।

एमाले अध्यक्ष केपी ओलीसहितको टोली पदयात्राका क्रम आज बागलुङ पुग्ने र भोलिसम्म विभिन्न पालिकामा जनसभा र भेटघाटका कार्यक्रम गरिने एमाले बागलुङ जिल्ला कमिटीले जनाएको छ ।

अध्यक्ष ओलीसहित एक सय ५० नेताको समूहलाई आज पातीहाल्नेमा पार्टी जिल्ला कमिटी र प्रदेश कमिटीले स्वागत गर्ने कार्यक्रम छ ।

आज गलकोटसम्म हुने सङ्कल्पयात्रा भोलि दिउँसो बागलुङ जिल्ला सदरमुकाममा संवाद कार्यक्रम रूपान्तरण हुने एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसीले जानकारी दिए ।

सङ्कल्प यात्रालाई लक्षित गरी पार्टीले १० स्थानीय तहका गाउँ तथा नगर र वडास्तरसम्म भेला आयोजना गरिसकेको ।