फाइल तस्वीर

समाचार

राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै

By खबरहब

December 06, 2023

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा मध्याह्न १२ बजे बस्नेछ ।

पुष १ देखि ३ गतेसम्म काठमाडौँमा बस्ने केन्द्रीय कार्यसमितिको बैठकका एजेण्डा तय गर्नका लागि बैठक बोलाइएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार समसामयिक राजनीतिक, सांगठनिकलगायतका विषयमा पनि छलफल हुनेछ ।