फाइल फोटो

समाचार

कानुनी दायरामा नआउने औषधि पसल बन्द गर्ने महानगरको चेतावनी

By खबरहब

December 06, 2023

काठमाडौँ– काठमाडौं महानगरपालिकाले कानुनी दायरामा नआउने औषधि पसल बन्द गर्ने चेतावनी दिएको छ । 

बुधबार महानगर प्रमुख बालेन्द्र शाह(बालेन)ले यही २९ मङ्सिरसम्ममा कानुनी दायरामा नआउने औषधि पसल बन्द गर्ने चेतावनी दिएका हुन् ।

उनले अनधिकृत व्यक्तिहरूबाट औषधि बिक्री भइरहेको, औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधिसमेत बिक्री भइरहेको तथा चिकित्सकको प्रेस्किप्सनबिना औषधि बिक्री भइरहेको भन्दै २९ मंसिरभित्र कानुनी दायरमा नआउने औषधि पसल बन्द गर्ने बताएका हुन् ।