सांकेतिक तस्बिर

देश/प्रदेश

डुंगा पल्टिँदा बेपत्ता भएका दर्लामीको शव फेला

By खबरहब

December 06, 2023

सुर्खेत- डुंगा पल्टिँदा बेपत्ता भएका चौकुने गाउँपालिका-५ तोस्रा बस्ने ५८ वर्षीय नन्दराम दर्लामीको शव फेला परेको छ । उनी मंसिर ११ गते साँझ कर्णाली नदीमा डुंगा पल्टिँदा बेपत्ता भएका थिए ।

तत्कालदेखि खोजी गर्ने क्रममा सोही गाउँपालिका-१० कुमालाको धुरखोलास्थित नदी छेउमा शव फेला परेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।