देश/प्रदेश

सरकार र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्रबीच साझेदारी

By खबरहब

December 06, 2023

काठमाडौं- नेपाल सरकार र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्रबीच कृषि क्षेत्रमा सहयोग आदानप्रदानबारे साझेदारी भएको छ । बुधबार नेपाल सरकारका तर्फबाट कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्मा र सुधार केन्द्रका महानिर्देशक ब्राम गोवर्टले दश वर्षे सहयोग सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

कृषि क्षेत्रको उत्पादन र व्यवस्थित बजारलाई प्रोत्साहन गर्ने उद्देश्यले यो साझेदारी गरिएको हो । यसले नेपालको कृषि क्षेत्रको दिगो विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । यस केन्द्रले लामो समयदेखि विश्वव्यापी रूपमा कृषि क्षेत्रको विकासका लागि काम गरिरहेको छ ।

यस साझेदारीले कृषि विकास रणनीति (सन् २०१५–२०३५) मा योगदान पुर्‍याउने लक्ष्य राखेको छ ।