मनोरञ्जन

१० वर्ष पुरानो मुद्दाबाट छुटकारा पाउँदै हनी सिंह

By खबरहब

December 06, 2023

काठमाडौं– चर्चित भारतीय र्‍यापर हनी सिंहले १० वर्ष पुरानो मुद्दामा सफाइ पाउने भएका छन् ।

सामाजिक अभियन्ता परविन्दर सिंहले ‘मैं हु बलात्कारी’ गीतलाई लिएर हनीविरुद्ध ‘एफआईआर’ दर्ता गरेका थिए । गीत सार्वजनिक भएपछि यसमा प्रयोग भएका शब्दका कारण हनी विवादमा परेका थिए । पञ्जाब सरकारले उक्त एफआईआर रद्द गर्ने निर्णय गरेको हो ।

लामो समयसम्म मुद्दा किनारा नलागेपछि यसअघि हनी हरियाणा उच्च अदालत पुगेका थिए । त्यसपछि अदालतले पञ्जाब सरकारसँग हनीलाई कारबाही गर्नुपर्ने अवस्थाबारे सात दिनभित्र जवाफ दिन भनेको थियो ।

सरकारले अदालतलाई हनीविरुद्धको मुद्दा खारेज गर्ने प्रतिवेदन तयार पारेको जवाफ दिएको छ । यसको अर्थ उनले यो मुद्दाबाट छिटै छुटकारा पाउने भारतीय सञ्चार माध्यम नवभारत टाइम्सले उल्लेख गरेको छ ।

हनीको दाबी

‘मैं हु बलात्कारी’ गीत आफूले नगाएको हनी सिंहको दाबी छ । निवेदनमा उनले अरु कुनै व्यक्तिले यो गित सार्वजनिक गरेको दाबी गरेका छन् ।

सोही कारण आफूविरुद्ध परेको एफआईआर रद्द हुनुपर्ने उनको माग थियो ।