ब्रेकिङ स्टोरी

रास्वपाका नवनियुक्त केन्द्रीय सदस्यहरुले लिए सपथ

By खबरहब

December 06, 2023

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका नवनियुक्त केन्द्रीय सदस्यहरुले सपथ ग्रहण गरेका छन् ।

बुधबार पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा आयोजित समारोहमा केन्द्रीय सदस्यहरुले सपथ लिएका हुन् । उनीहरुलाई सभापति रवि लामिछानेले सपथ गराएका हुन् ।

गत मंसिर ११ देखि १३ गतेसम्म महोत्तरीको जलेश्वरमा आयोजित केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले केन्द्रीय सदस्य थपेको थियो ।