देश/प्रदेश

नेपाली नागरिकलाई भारतीय आधार कार्ड बनाइदिएको आरोपमा तीन जना पक्राउ

By खबरहब

December 06, 2023

काठमाडौं- नेपाली नागरिकलाई भारतीय आधार कार्ड बनाइदिएको आरोपमा तीन जना पक्राउ परेका छन् ।

नेपाली नागरिकलाई क्यासिनो प्रवेश गर्नका लागि भारतीय आधार कार्ड बनाइदिएको आरोपमा प्रहरीले गोविन्द खड्का, नवीन राई र विनोद न्यौपानेलाई पक्राउ गरेको हो ।

काठमडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।