राजनीति

राष्ट्रपति भण्डारीद्वारा साझाको बिजुली बस उद्घाटन

By खबरहब

January 07, 2023

काठमाडौँ– साझा यातायातले नेपालमा भित्र्याएको ठूला आकारका बसको आज राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन् । उनले साझाको केन्द्रीय कार्यालय ललितपुरको पाटन पुगेर बसको उद्घाटन गरेकी हुन् । 

सो क्रममा उनले साझामा चढेकी पनि थिइन । साझाले यी बस काठमाडौंको  विभिन्न रुटमा चलाउने जनाएको छ ।

 तुलनात्मक रुपमा यस्ता बस सञ्चालन खर्न निकै कम पर्ने जनाइएको छ । साथै वातावरणमा प्रदुषण त कम गर्ने नै भयो ।