फाइल तस्वीर

देश/प्रदेश

सर्वोच्च बारको अध्यक्षमा हरिशङ्कर निरौला निर्वाचित

By खबरहब

January 07, 2023

काठमाडौँ – सर्वोच्च बार एशोसिएशनको ३४ औँ नयाँ कार्यसमिति चयन लागि भएको निर्वाचनमा बृहत् लोकतान्त्रिक समूहबाट अध्यक्षमा वरिष्ठ अधिवक्ता हरिशङ्कर निरौला विजयी भएका छन् । उनले दुई सय ८९ मत ल्याएर विजयी भएको हुन् । भने उनको प्रतिस्पिर्धी प्रगतिशीलबाट वरिष्ठ अधिवक्ता तुलसी भट्टले दुई सय ७५ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा लोकतान्त्रिकका जगदीशप्रसाद पाण्डे, सचिवमा प्रगतिशीलका श्यामकुमार खत्री, सहसचिवमा लोकतान्त्रिकबाट सुजन लोप्चन र कोषाध्यक्षमा प्रगतिशीलबाट कपिलचन्द्र पोखरेल विजयी भएका छन् । एक महिला सदस्यमा प्रगतिशीलबाट सिर्जना कँडेल विजयी भएकी छिन् ।

सदस्यहरूमा लोकतान्त्रिक उत्तमराज पाठक, भीमप्रसाद ढकाल, रुपनारायण श्रेष्ठ, रेशमराज रेग्मी, रामबहादुर राउत, सुमनकुमार केसी विजयी भएका छन् । भने प्रगतिशीलबाट प्रभुजी पन्त, अनुपराज उप्रेती र देवी रेग्मी पोखरेल विजयी भएका छन् । पाँच पदाधिकारी र १० सदस्य गरी १५ जनाको नयाँ पदाधिकारीका लागि भएको निर्वाचनबाट विजयीको कार्यकाल दुई वर्ष हुनेछ ।