फाइल फोटो

देश/प्रदेश

जनप्रतिनिधिले इमान्दारिता साथ जनताको सेवा गर्नुपर्छ : माधव नेपाल

By खबरहब

January 07, 2023

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवंं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनप्रतिनिधिले इमान्दारिता साथ जनताको सेवा गर्नुपर्ने बताएछन् । उनले राजनीति गर्नेहरूको शिर ठाडो हुनाका लागि जनताको सेवा अनिवार्य रहेको स्पष्ट पारे । पूर्व प्रधानमन्त्री नेपालले राजनीतिमा निष्ठा र इमान्दारिताको खाँचो रहेको बताए ।

नेपाल पत्रकार महासङ्घ भक्तपुर जिल्ला शाखाको २६औँ स्थापना दिवसको आज उद्घाटन कार्यक्रममा उनले भने, “पदका लागि गठबन्धन बन्ने र भत्किने कुराको भत्र्सना गर्नुपर्छ, हाम्रो पार्टी राजनीतिक स्थिरताको पक्षमा छ, पदका लागि सरकार ढाल्न यताउति गर्ने पक्षमा छैन ।”

उनले जनताले पत्रकार र पत्रकारिताप्रति ठूलो विश्वास गरेको बताउँदै पत्रकारिताप्रति जनताको विश्वास गुम्न नदिन पत्रकार देश र जनताप्रति पूर्ण जवाफदेवी र प्रतिबद्ध हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा राष्ट्रिय समाचार समिति९रासस०का अध्यक्ष एवं नेपाल पत्रकार महासङ्घ पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले पत्रकारले सतहीमा रहने नभई गहिराइमा गएर सत्य, तथ्य समाचार बाहिर ल्याउनुपर्ने बताए ।