फाइल फोटो

आर्थिक

काठमाडौंमा बर्डफ्लू संक्रमण पुष्टि

By खबरहब

February 07, 2023

काठमाडौं – उपत्यकाका केही ठाउँमा बर्डफ्लू सङ्क्रमण पुष्टि भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका काठमाडौं र ललितपुरमा बर्डफ्लू संक्रमण पुष्टि भएको हो।

काठमाडौंको नार्गाजुन नगरपालिका रामकोट, तारकेश्वर नगरपालिका र ललितपुरको खुमलटारमा पालिएको कुखुरामा बर्डफ्लू सङ्क्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार शुक्रबार लतिपुरको खुमलटारस्थित कृषि अनुसन्धान परिषद् नार्कको अनुसन्धान फार्ममा पहिलो सङ्क्रमण पुष्टि भएको थियो।

सानो परिमाणमा रहेको त्यहाँको पन्छी नष्ट गरिसकिएको मन्त्रालयले जनाएको छ। यस्तै, नार्गाजुन नगरपालिका वडा नम्बर ६ रामकोटको फार्ममासमेत बर्डफ्लू सङ्क्रमण पुष्टि भएको छ।

तारकेश्वरमा बर्डफ्लू पुष्टि भएको ठाउँमा अहिले पन्छी नष्ट गर्ने काम रहेको मन्त्रालयले जनाएको छ। बर्डफ्लू पुष्टि हुँदा फार्ममा रहेका सबै कुखुरा नष्ट गरिन्छ। यसले आम कृषक मारमा पर्ने गरेका छन्।