अन्तर्राष्ट्रिय

डिजिटल युगमा वाल्करको स्मार्ट शैली

By मनोज घिमिरे

February 07, 2023

काठमाडौँ : इलेकट्रोनिक सङ्गीत कलाकार एलन वाल्कारका बारे संसारका कमैलाई जानकारी छ । तर, युट्युबका फ्यान फलोअर एकदमै धेरै छन् । युट्युबमा उनको एउटा गीत फाइड ३ दशमलव ५ अर्ब पटक हेरिएको छ । उनको ४२ दशमलव ९ मिलियन फलोअर छन् । त्यही कुरा एन्गोलो नर्वेजीयन सङ्गीतकार तथा डिजे स्पोटी फाइको हकमा पनि लागु हुन्छ ।

संसारका धेरै जना कलाकारले आफ्नो गीत धेरैले नसुनेको गुनासो गरिरहेको समयमा वाल्कार युट्युबमा मात्र प्रसिद्ध छैनन्, लाइभ प्रस्तुतिमार्फत पनि त्यत्तिकै आम्दानी गर्न सफल भएका छन् ।

त्यसो त संसारका जुन सुकै देशको हकमा पनि लागु हुने तथ्य के हो भने कलाकार र सङ्गीतका लागि उनका फलोअर नै ग्राहक बराबर हुन् । उनीहरूको आर्थिक सफलतामा उनीहरूकै भूमिका धेरै हुन्छ ।

वालकारले पनि गत वर्ष देखि सङ्गीतमा नयाँ आविष्कार र खोजीको नीति लिए । यसका लागि उनले आफ्ना फ्यान तथा फलोअरलाई नै प्रयोग गर्ने नीति लिएका थिए । उनको लाइभ स्ट्रिम गर्ने च्यानलमा ८ हजार जना फ्यानले लगानी गरेका थिए । यसका लागि उनले स्विडेनको एक कोरिटेलाई प्रयोग गरेका थिए । यसले आर्थिक विषयलाई व्यवस्थित गर्ने काम गरेको थियो ।

यसले रकम सङ्कलन र यसको खर्चको विवरण पनि दुरुस्त राख्ने गरेको थियो । उनले यो नीति स्टुज कार्यक्रममा आफ्ना समर्थकलाई पनि सरिक गर्ने नीति अनुसार यो नयाँ नीति लिएको बताएका हुन् । उनले अहिलेसम्म आफ्ना समर्थकबाट एक लाख डलर भन्दा बढी कमाइ सकेका छन् ।

वाल्करले पनि आफ्नो नयाँ योजनामा हजारौँ समर्थक समावेश हुनुलाई सकारात्मक रूपमा लिएको बताएका छन् । उनले प्रयोग गर्ने एप कोरिटे स्कटहोममा तयार भएको हो । यसलाई युनिभर्सल म्युजिकल समूहका व्यावसायिक निर्देशक म्याथियस तेन ल्याडको ब्रेन चाइल्ड नै मानिन्छ ।

कारिटेको एउटा उद्देश्य के पनि हो भने कलाकारले कीर्तिमानी रकममा आफ्नो कार्यक्रम तय गर्नु पनि हो । कलाकार आफैले कमाउने भन्दा यस एपले धेरै पैसा कमाउन सहयोग पनि गर्ने गरेको छ । वालकरको यो मोडल अनुसार नै कलाकारले धेरै पैसा कमाउने बाटो खुल्ने गरेको छ ।

यसको विशेषता के छ भने फ्यानले पनि यसमा गरेको लगानीको तुलनामा बढी प्रतिफल पाउने सम्भावना रहेको छ । पैसा गुम्ने जोखिम भने हुँदै नभएको होइन ।

कोरिटे मार्फत कलाकारले आफ्नो अभियानको घोषणा गर्छ । त्यस पछि उनीहरूले एउटा लक्ष्य निर्धारण गरेका हुन्छन् । लक्ष्यको आधारमा उठेको रकमको केही हिस्सा त्यसमा लगानी गर्ने समर्थकले पनि पाउन सक्छन् । यसरी फ्यानले आफ्नो लगानीको तुलनामा १।७ गुणा हाराहारीको बढी आम्दानी गर्ने सम्भावना रहन्छ ।

उदाहरणको लागि कनै गीतका लागि १० डलर खर्च गरिएको छ र वर्षमा लक्ष्य अनुसार भयो भने यसको मूल्य १७ डलर रहन्छ । लक्ष्य बढी राखियो भने लक्ष्य अनुसार पाउने कम पनि बढी नै हुन्छ । यदि गीत फ्लप भयो र धेरैले सुनेनन् भने त्यहाँ जम्मा गरिएको रकम पनि खेर जान सक्छ । यस अवस्थामा सामान्य रूपमा मात्र फिर्ता पाउने यो त्यो सबै गुम्ने सम्भावना रहन्छ । ३० सेकेन्ड कोरिटेमा सुनेर फलोअरले यसमा लगानी गर्न सक्छन् ।

जब गीत पूर्ण रूपमा तयार हुन्छ कोरिटेले यसले स्ट्रिमिङ गर्ने सम्पूर्ण सुविधा प्रदान गर्छ । त्यस पछि कलाकार र फ्यानको लागि पैसा जम्मा गर्न थाल्छ । डिजाइनर टेंगब्ल्याडले यसलाई सङ्गीत उद्योगमा लिइएको एउटा चुनौतीको रूपमा स्वीकार गरेका छन् । “कोरिटेले आफूलाई मन पर्ने सङ्गीत र कलाकारमा लगानी गर्ने अवसर समर्थकलाई दिएको छ । स्पोटीफाइ र एपलमा जस्ता प्लेटफर्ममा जमे त गीतले समर्थकलाई पनि राम्रै आम्दानी दिने छ,” टेंगब्ल्याडले भने ।

उनी अगाडी भन्छन्, “कलाकारकै हकमा पनि यो प्रविधिले थोरै लगानीमा आफूलाई स्थापित गर्न सहयोग गर्छ । यसले उनीहरूको आम्दानीलाई बढाउन पनि सहयोग गर्छ । सामाजिक सञ्जालका कारण बजारमा प्रभाव परि रहेको समयमा यो प्रविधिको उपयोग साँच्चै महत्त्वपूर्ण हो ।”

यो प्रविधिले कलाकारलाई सफल बनाउन कत्तिको सहयोग गर्छ भन्ने एउटा बहस नै सुरु भएको छ । जेरेमी लास्केस गत ५० वर्ष भन्दा अघि देखि यसै व्यवसायमा छन् । अहिले उनी ब्लु रेनकोट म्युजिकका संस्थापक मध्येका एक हुन् ।

यसले पनि रेकर्ड लेबललाई संयोजन गर्ने काम गर्छ । कलाकार र बजारका अन्य सरोकारवालासँग सम्पर्क गदै गरिने यस कामका लागि अझ लामो समय लाग्ने उनको मत छ । उनले पनि गीत सफल बनाउन रेकर्ड कम्पनीकै भूमिका महत्त्वपूर्ण हुने बताएका छन् ।

उनको बिचारमा डिजिटल युगले रेकर्ड कम्पनीको धेरै शक्ति छिनेको छ । तर, यसको मतलब यो होइन की ती कम्पनीको अब कुनै भूमिका ने रहँदैन । रेकर्ड कम्पनीको पहुँच अझै यथावतै छ । पैसा जम्मा गर्न मात्र रेडियो र टिभी लगायत सञ्चार माध्यम मार्फत मार्केटिङ गर्न पनि रेकर्ड कम्पनीको भूमिका महत्त्वपूर्ण हुन सक्छ ।

उनको विचारमा एउटा कलाकारले त जब एउटा गीत तथा एल्बम निकाल्छ त्यस पछि रेकर्ड समूहको साथ जरुरी हुन्छ । एउटा रेकर्ड समूहको साथ बिना आफू एक्लै त्यो सबै काम गर्न कठिन हुने छ ।

वालकरको एउटा फ्यान छन् ,जसको २०२२ मा उनीसँग धेरै नै सहकार्य जमेको थियो । उनी विश्व विद्यालयमा गेम डिजाइनमा स्नातकोत्तर गरी रहेका छिन् । उनले ३५ डलर लगानी गरेर अहिलेसम्म १९.३ डलर हात पारेकी छिन् । उनले यी सबै पैसाको लागि मात्र नभएकोमा जोड दिएकी छिन् ।

आफूले माया गरेको र मन पराएको कलाकारसँग सहकार्य गर्न पाउनु नै महत्त्वपूर्ण भएको उनको कथन छ । आफूलाई मन परेको गीत सुनी रहेको समयमा आफू पनि संलग्न भएकोमा रमाइलो महसुस हुने उनको अनुभव छ ।

व्यापार मनोविश्लेषक स्टुवार्ट डर्फको डफको पनि यसमा संलग्नता छ । उनी कोरिटेको भविष्य उज्ज्वल भएको बताउँछन् । उनले यसको सफलतामा आर्थिक पारदर्शिता महत्त्वपूर्ण हुने बताउँदै यसले श्रोता र कलाकारको बिचको सम्बन्धलाई अझ बढी प्रगाढ र दरिलो बनाएको विश्वास व्यक्त गरेका छन् । गीत रिलिज हुनु भन्दा अगाडि नै कलाकारको फ्यानसँग गहिरो र दरिलो मनोवैज्ञानिक सम्बन्ध स्थापित हुनु महत्त्वपूर्ण भएको उनको कथन छ ।

वालकरको विचारमा आर्थिक सफलात महत्त्वपूर्ण हुँदै हो । त्यो भन्दा पनि बढी उनी आफ्ना समर्थकको माझमा स्थापित हुन पाएकोमा गर्वको महसुस गर्छन् । उनी सबै मिलेर सहकार्य गर्दै एउटा दरिलो समूह बनाउन सहयोग गर्ने सबैमा आभारी भएको बताउँछन् ।

वालकरका फ्यानहरूको नजरमा केही यस्ता गीत छन्, जुन सधैँ यादगार र ताजा रहने छन् । सिङ मि टु स्लिप, एलोन तथा अन माइ वेका प्रभाव साङ्गतिक बजारमा सधैँ रहने छ । सन् २०१२ देखि २०१६ को बिचमा क्यारियर बनाउन सङ्घर्ष गरी रहेका उनी अहिले विश्व बजारमा चलेका नाम हुन् । यस बिचमा उनको यो प्रभाव र उपस्थिति तथा नयाँ प्रविधि धेरैका लागि प्रेरणादायी हो । डिजिटल युगको यो नयाँ स्मार्ट शैली संसारका धेरै देशका कलाकारका लागि प्रयोग गर्नका लागि उपयुक्त पनि हुन सक्छ ।

(श्रोत : बीबीसी, न्योर्क टाइम्स)