देश/प्रदेश

मोरारी बापूले गरे लुम्बिनी दर्शन

By खबरहब

February 07, 2023

भैरहवा – भारतका प्रख्यात सन्त मोरारी बापू बुद्व जन्मस्थल लुम्बिनीमा, ९१२ औं राम कथा प्रवचन गर्न आएका छन्। उनले सोमबार मायादेवी मन्दिरको दर्शन गरेका छन।

पहिलो पटक लुम्बिनीमा पाइला टेकेका वापूले मायादेवि मन्दिरभित्र रहेको बुद्धजन्मस्मारक .(मार्कन स्टोन), अशोक स्तम्भ, पुष्करणी ताल, पवित्र बगैँचाको जानकारी तथा अवलोकन गरे।

उक्त अवसरमा सन्त वापूले लुम्बिनी विकास कोषको भिजिटर बुकमा बुद्धजन्मस्थलमा आउन पाउँदा एकदमै शौभाग्यशाली अनुभव गरेको लेखेका छन।

लुम्बिनी स्थित अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा रामकथा प्रेमयज्ञ समितीको आयोजनामा मंगलबारबाट सुरु हुने रामकथा प्रवचनका लागि वापू आएका हुन।

रामकथा प्रेमयज्ञ समितीको आयोजनामा लुम्बिनी स्थित अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा मंगलबारदेखि ९ दिनसम्म कथा वाचन हुने छ। वापू सहितको टोली विमान चार्टड गरेर गौतमबुद्ध विमानस्थल हुँदै लुम्बिनी आएको हो।