राजनीति

मधेश सरकारमा माओवादीका दुई मन्त्रीले आज शपथ लिदैँ

By खबरहब

February 07, 2023

जनकपुर – मन्त्रालय भागबन्डामा असहमति जनाउँदै यसअघि मन्त्रिमण्डलमा सहभागी नभएको नेकपा (माओवादी केन्द्र) अन्ततः मधेस सरकारमा सहभागी हुने भएको छ ।

माओवादी संसदीय दलका नेता भरत साहका अनुसार माओवादीका तर्फबाट उद्योग पर्यटन तथा वनमन्त्रीमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अन्सारीले मंगलबार १ बजे शपथ लिनेछन् ।

मधेसका मुख्यमन्त्री रामसरोज यादवसँग सहमति भएसँगै माओवादीले यादव र अन्सारीलाई सरकारमा सहभागी गराउने निर्णय लिएको हो।