अन्तर्वार्ता

अरु नेता जस्तै रविले विश्वास गुमाउँदै गए

By खबरहब

February 07, 2023

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिएको अभिव्यक्तिले नेपाली सञ्चारमाध्यम र सामाजिक सञ्जाल तरंगित छ । त्यो अभिव्यक्तिप्रति धेरैको टिप्पणी उठिरहेको छ । विशेष.गरेर मिडिया र मिडिया सञ्चालकमाथि गम्भीर आरोप लगाएपछि त्यससँग जोडिएका व्यक्ति र संस्थाप्रति धेरैले चासो देखाएको अवस्था छ । एकातर्फ गृहमन्त्री, उपप्रधानमन्त्री र संसदबाट बहिगर्मन भइसकेपछि यो प्रकारको आक्रोश र आवेग हुनुलाई धेरैले अपरिपक्वतासँग पनि दाँजेका छन् । संसदका चौथो ठुलो शक्तिका सभापतिले नाम नै तोकेर जुन आधारलाई प्रस्तुत गरेका छन्, त्यसले धेरै बहस र विवाद सिर्जना गरेको छ । उनको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । रवि लामिछाने यसरी विवाद, बहस र आवेगमा आउनुको कारणबारे वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालसँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंशः

पूर्व गृहमन्त्री भइसकेका र संसदको चौथो ठूलो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले झन् धेरै जनउत्तरदायी हुने बेला सबैको सार्वजनिक आलोचना गरेर सरकारबाट बाहिरिनु उचित थियो ? उचित र अनुचित भन्दा पनि राजनीतिक नेतृत्व त्यस्तो होइन । रविजी पत्रकारिता गरेको मान्छे हो । अनुभव त उहाँमा पनि धेरै रहेको हुनुपर्छ । धेरै क्रियाकलापको कारण रविमा परिपक्वता नरहेको अवस्था रहेको छ । परिपक्क भनेको संघर्षले खारिएको मान्छे मात्र रहन्छ । आफ्नो कुरा सहि ढंगले उठाउने हो कि होइन, लोकप्रियता हासिल गर्न सहज रहन्छ । जसलाई थापित गर्न र दीगो बनाउन भने धेरै असहज हुन्छ। राजनीतिक रुपमा उहाँले जे कुरा राख्नु भयो, त्यसमा मलाई लाग्छ रवि जी परिपक्क मान्छे भने होइन । यो ढंगले जुटेर कार्य गर्न सक्नु हुन्न । केहि मिडियाहरु खराब पनि रहेका छन् । तर त्यसमा सबै भने त्यो तहसम्म पनि गएको छैन । जसकारण रविलाई केन्द्रमा राखेर पत्रकारिता चलिरहेको अवस्था होइन ।

मिडियाले खेदेको खेद्यै छ भन्नुको कारण गलत नभई त त्यसै आएन होला ? मिडिया सञ्चालन गर्ने मानिसले पनि हामी नै अन्तिम सत्य हो भन्ने भावना राख्नु हुदैन । मिडियामा अन्तिम जानकारि तथा सत्य रुपमा लिएको अंहकारी भावनाको विकाश भएको अवस्था रहेको छ । खास गरेर मिडिया सञ्चारकर्मी हामीमा पनि त्यो नकारात्मक सोचको विकास भएको नै हुन्छ । जुन अंहकारले ग्रस्त नै भएको अवस्था थियो । रवि जी पनि धेरै समय मिडियामा विताएर राजनीतिमा लाग्नु भएको हो ।

सञ्चारगृहप्रतिको आक्षेप सम्पादक माथिको आरोप छ, त्यो आरोपमा कुन चाहि सत्य कुन चाहि असत्य हो ? र, त्यो छुट्याउने कसले हो ? सत्य असत्य भन्ने कुरा अनुभव गर्ने हो । जसमा सबै भन्दा पहिलो जज आफैँ नै गर्ने हो । कुनै पनि कार्यको निधारण गर्ने हक खुद आफुमा मात्र रहेको हुन्छ । सहि र गलत दुई पक्ष मिलेर गर्ने काम हो । जसले आरोप लगाउने र लिने व्यक्तिले सोच विचार गर्नु पर्छ । रवि जीले कानुन तोड्ने काम गर्नु भएको अवस्था सिर्जना भएको छ ।

राजनीतिक रुपमा आफु सबल बन्नको लागि तथा आफु सरकार बनाउनको लागि त्यस्ता व्यक्तिलाई किन गृहमन्त्रीमा राखियो, त्यो गल्ती नेतृत्व तहमा बस्नेले गर्दा कस्तो रुपमा बाहिर आउला ? यसमा तीन वटा गलत पक्ष रहेका छन् । जसमा रवि स्वयंम आफैँ गलत हुन् । जसको नियत राम्रो देखिएन । गठबन्धनको नेतृत्व जसको आफ्नो सरकार टिकाउन र समर्थन लिनको लागि रविको बोलि बचनलाई स्वीकार गरेर जिम्मेवारी प्रदान गर्नु दोस्रो गल्ती हो । गल्ती निर्वाचन आयोगको पनि रहेको छ । जसमा प्रजातन्त्र भनेको प्रयोगले, अभ्यासले, सस्ंकारले जस्तै जाने कुरा हो । त्यो कुरामा विश्वास गर्नु पर्छ । राजनीतिक प्रक्रिया कसरि अगाडि बढाउने, कानुनी कार्यको निकाय अनुसारको काम हुन दिन जरुरि रहेको छ । जसकारण छलफल गरेको बास्तविकता सबैमा जानकारी हुन आवश्यक छ ।

केपी शर्मा ओलीले रवि लामिछानेप्रति सदासहायता देखाएकोमा तपाईको विचार के छ ? यसमा डरको भान भएको तथा राजनीतिक खेलको लागि माहिर रहनु हुन्छ । उहाँहरु त्यसमा कुनै संकोच नै मान्नु पदैन । ओलीले रविजीप्रति सहानभूति राखेर हेर्न यो गठबन्धनमा प्रचण्डलाई भोलिका दिनमा केहि परेमा सबैको हात रहन्छ, तिमी एक्लो हुन्छौ भन्न खोेजेको भान भएको छ । अहिलेको राजनीतिमा चतुर नेताको रुपमा म ओलीलाई चिन्छु । ओलीले पुष्पकमल दाहाललाई मुसो खेलाएझै खेलाउन त खोजेका हुन् । खेलाएका पनि छन् । कांग्रेसको विरुद्ध पनि ओलीले टिप्पणी गरेको अवस्था छ ।

नेताहरुप्रतिको विश्वास गुम्दै गएको अवस्था हो ? विश्वास गुम्दै गएको भने होइन । नेताहरु आफैँले गुमाउदै जानु भएको हो । हामीले भने केहि गरेको अवस्था पनि छैन । आफुमा आफै नै नरहेको, हरेक कुरालाई हल्का रुपमा लिने र पछिको दिनलाई छोड्ने अवस्था तथा बानी नेता र अन्यमा नै भोलिवादको विकास भएको अवस्था चलिआएको थियो र चलिरहने पनि छ । रविको हकमा पनि उहाँले विश्वास गुमाउँदै जानु भएको छ ।

देशको आर्थिक पाटो, सामाजिक पाटो र राजनीतिक पाटोलाई मिलाउनु पर्ने र राष्ट्रिय सहमतिको सरकार बनाएर के बाडिचुडि खाने हो ? राष्ट्रिय सहमति भन्दा पनि प्रतिनिधित्व गर्दै संसदमा बसेका बाहेक पनि व्यक्तिहरु रहेका छन् । अहिले संसदमा पुगेका शक्तिहरु एक ठाउँमा रहेर आपसी समझदारीमा देशलाई चलायमान तथा देशको विकासको लागि अगाडि बढ्न जरुरी छ। राष्ट्रिय सहमति होइन सरकारी सहमतिको रुपमा लिन सकिन्छ । राष्ट्रिय सहमति फरक र व्यापक कुरा हो । (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता)

(प्रस्तुती : कुसुम गौतम)