फाइल तस्वीर

आर्थिक

बर्डफ्लू देखिएका तीनवटै फार्मका कुखुरा र अन्डा नष्ट गरियो

By खबरहब

February 07, 2023

काठमाडौं – काठमाडौंको तीन फर्ममा बर्डफ्लू पुष्टी भएपछि कुखुरा र अन्डा नष्ट गरिएको छ।

पशु विभागको अनुसार कृषि अनुसन्धान परिषद् नार्कको अनुसन्धान फार्म, रामकोट र तार्केश्वरको फार्ममा कुखुरा र टर्की मर्न थालेपछि परीक्षणमा पठाउँदा वर्डफ्लू पुष्टी भएको थियो। ललितपुरको खुमलटारस्थित अनुसन्धान फार्ममा पहिलो पटक बर्डफ्लू पुष्टी भएको छ।

पशु विभागका सूचना अधिकारी चन्द्र ढकालका अनुसार यतिखेर तीनवटै फार्मका कुखुरा, अन्डा र दाना नष्ट गरेर सम्भावित क्षति न्युनिकरण गरिएको छ।

जसअनुसार लितपुरको खुमलटारमा दुई हजार ५३० वटा अन्डा, २१७ वटा कुखुरा र दाना २५० केजी नष्ट गरिएको छ भने रामकोट फार्ममा चार हजार ५९१ वटा कुखुरा र दुई हजार २५५ वटा अन्डा नष्ट गरिएको छ।

उता, तार्केश्वर फार्ममा ९४० वटा कुखुरा, दाना सय केजी र हजार वटा क्रेट नष्ट गरिएको छ।